Connect IPS
IME Life

लगानीकर्तामा अन्योलता: बेचौ बढ्ला भन्ने पिर नबेचौ घट्ने डर, ९ अंकले घट्दा झण्डै पाँच अर्बको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजनीतिक गतिविधि सँगै शेयर बजारमा उतारचढाव देखिन थालेको छ । राजनीतिक दलका शिर्ष नेता तथा मन्त्रीहरुको सामान्य भेटघाटले पनि शेयर बजारमा हलचल आइरहेको छ । गत साता नेपाली कांग्रेस पनि सरकारमा आउने जस्ता हल्लाले शेयर बजार तल झर्यो ।

शेयर बजारले अहिलेका अर्थमन्त्रीलाई रुचाइरहेको छ । अर्थमन्त्रीमा फेरबदल हुने सामान्य हल्लाले पनि बजारमा असर गरिरहेको छ । यसैको निरन्तरता आज बुधबार पनि भयो । विश्लेषकहरुले राजनीतिक गतिविधिलाई जोडे पनि लगानीकर्ता अझै पनि अन्योलमा छन् ।

Prabhu
Crest

अहिलेसम्मको सुधार सुरक्षित गर्ने कि अझै शेयर खरिद गर्ने अन्योलमा लगानीकर्ता छन् । नाफा बुक गरौ भोलि अझै बढ्न सक्छ नबेचौ घट्यो भने अलि अलि भएको नाफा पनि तल झर्छ । यहि डर त्रासमा लगानीकर्ता छन् ।

यहि अन्योलतामा आज शेयर बजारमा तिव्र उतारचढाव देखियो । कारोबारको सुरुवातमा बजार बढ्न खोजेको थियो । यहि क्रममा २२१४ अंकसम्म पुग्यो । अन्तमा घटेर २१७३.१० अंकमा रोकियो । आज नेप्से सूचक ९.०१ अंकले घटेर बन्द भयो ।

सूचकमा तिव्र उताचढाव आउदा चार अर्ब ९२ करोड रुपैयाँको कारोबार भयो । आज १२१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा जम्मा ८० वटामा सुधार देखियो । यहि क्रममा सर्वाधिक सुधार हुने क्रममा ४ वटामा सकारात्मक सर्किट लाग्यो । आज विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै सूचकमा गिरावट भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS