Connect IPS
IME Life

रिडी पावरले हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको २०७९ माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

रिडी पावर कम्पनी लिमिटेडको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावट क्षमताको तल्लो वलेफी खोला आयोजना निर्माणका लागि कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको हो । उक्त आयोजनाका लागि पूँजी व्यवस्थापन गर्न रिडी पावर कम्पनीको बोनश शेयर वितरण पश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशत अर्थात १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका अनुसार उक्त हकप्रद शेयर भने विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरि सहमति प्राप्त भएपछि आगामी साधारण सभाबाट पारित गर्नुपर्नेछ । तत्पश्चात नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिका लागि पेश भई हकप्रद शेयर जारी तथा निष्काशनको स्वीकृती प्रप्त भएपश्चात मात्र हकप्रद शेयर निष्काशन तथा बिक्रि गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS