Connect IPS
IME Life

मन्त्रिपरिषद विस्तारले रुमलिएको शेयर बजार पुनः सुधारकै लयमा, नेप्से सूचक ३२.७२ अंकले बढ्दा जलविद्युतमा उछाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्त्रिपरिषद विस्तारले रुमलिएको शेयर बजार आजदेखि पुनः सुधारको लयमा फर्किएको छ । अर्थमन्त्री परिवर्तनदेखि लिएर मन्त्रिपरिषदमा फेरबदल हुने हल्लाले गत साता घटेको नेप्से सूचक यस साताको सुरुवातिदिनमै ३२.७२ अंकको सुधार भएको छ ।

मंगलबार कारोबार सुरु हुने वित्तीकै घट्न खोजे पनि अन्तत बजार सुधार भएको छ । आजदेखि मन्त्रिपरिषद पुर्ण भएको छ । सत्ता साझेदार दलहरुको आपसी सहमतिमा सम्पुर्ण मन्त्रालयहरु आजदेखि पुर्ण भएका छन् । गत साता अर्थमन्त्री नै परिवर्तन हुन सक्नेसम्मका हल्ला चलेका थिए । यहि अवधिमा साढे तीन सय अंकले सुधारिएको शेयर बजारमा १२० अंकको करेक्सन पनि भयो । लगानीकर्ताले नाफा बुक सँगै आजदेखि थप शेयर खरिद गरेका छन् ।

Prabhu
Crest

मंगलबार नेप्से सुचक ३२.७२ अंकले सुधार भएर २१८१.११ अंकमा रोकिएको छ । कारोबार रकम तीन अर्ब ७२ करोड नाघेको छ । जम्मा ३० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा १६९ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । सर्वाधिक धेरै बढ्ने क्रममा ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हकप्रद शेयरको घोषणा गरेको अपि पावरको सर्वाधिक धेरै २३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।

बाणिज्य बैंकको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार आएको छ । सर्वाधिक धेरै जलविद्युतको सूचक ५.१२ प्रतिशतले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS