IME Life New

मन्त्रिपरिषद विस्तार, १५ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सत्ता साझेदार दलहरुले मन्त्रिपरिषद विस्तार गर्ने क्रममा आज सबैले आ-आफ्नो दलबाट प्रतिनिधि पठाएका छन् ।

माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

Esewa
Crest

नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् । राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

आज विस्तार भएको मन्त्रिपरिदमा अव प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री रहनेछन् । ‍उपप्रधानमन्त्री बिष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय सम्हालिसकेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानले पनि उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हालिसकेका छन् । राप्रपाका राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री सहित उर्जा मन्त्रालय सम्हाल्दै छन् ।

मन्त्रिपरिषदमा सबैभन्दा धेरै मन्त्रालय नेकपा एमालेले लिएको छ । एमालेबाट पदम गिरी स्वास्थ्य मन्त्री,  डा. विमला राई पौडेल परराष्ट्र मन्त्री, हरि उप्रेती रक्षा मन्त्री, ज्वाला कुमारी साह कृषि तथा पशुपंक्षी मन्त्री, भगवती चौधरी महिला, बालबालिका मन्त्री दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था तथा सहकारी मन्त्री भएका छन् ।

माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सुचना मन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य मन्त्री भएका छन् । रास्वपाबाट शिशिर खनाल शिक्षा तथा विज्ञान मन्त्री,  डोरप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री भएका छन् । राप्रपाबाट विक्रम पाण्डे  सहरी विकास, ध्रुव प्रधान कानून, न्याय मन्त्री भएका छन् ।

जनमतबाट अब्दुल खान खानेपानी तथा सरसफाई मन्त्री भएका छन् । राज्यमन्त्रीहरूमा रास्वपाको तर्फबाट डा. तोसिमा कार्की स्वास्थ्य र राप्रपाबाट दिपकबहादुर सिंह ऊर्जा,जलस्रोत राज्यमन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS