IME Life New

अत्यावश्यक सेवाका लागी छैन शाेककाे बिदा,भाेली बीमा कम्पनी र बैंक खुल्ला रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सरकारले पाेखरामा भएकाे यती एयरकाे विमान दुर्घटनाकाे शाेकमा अत्यावश्यक सेवा बाहेककाे सार्वजनिक बिदाकाे घाेषणा गरेकाले बीमा कम्पनीका कार्यालयहरु खुला रहने भएकाे छ । मन्त्री परिषद्काे बैठकपछि गृह मन्त्रालयले जारी गरेकाे सूचनामा अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर साेमबार सार्वजनिक बिदा हुने उल्लेख छ ।

Esewa
Crest

नेपाल सरकारले राजपत्रमा २०७६ साल असाेज २७ गते प्रकाशन गरेकाे सूचना अनुसार बीमा बै‌ंक तथा वित्तीय सेवा प्रदायक संस्थाहरू समेत अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाकाे कार्यालय खुल्ने भएका हुन् । राजपत्रकाे सूचनाकाे बुँदा नम्बर १५ मा बैंक सेवा र १६ नम्बरका बीमा सेवालाई अत्यावश्यक सेवाकाे सूचीमा समावेश गरिएकाे छ।

गृहमन्त्रालयकाे सूचना अनुसार अत्यावश्यक सेवाकाे सूचीमा समावेश रहेकाे दूरसंचार सेवा, यातायात सेवा, ढुवानी सेवा, स्वास्थ्य उपचार सेवा, पर्यटन सेवा, पेट्राेलियम पद्धार्थ ढुवानी सेवा, विद्युत सेवा, छापाखाना सेवा, आन्तरिक सुरक्षा सेवालगायतकाे सेवा प्रवाह गर्ने कार्यालयहरु समेत खुल्ला रहने भएका छन् ।

आइतबार बिहान काठमाण्डाै‌बाट पाेखराका लागी १०ः३३ बजे उडेकाे यती एयरकाे विमान पाेखराकाे सेती खाेंचमा दुर्घटनाग्रस्त भएर आगलागी हुँदा चालक दलका ४ जना सहित सबै ७२ जनाकाे मृत्यु भएकाे अनुमान गरिएकाे छ। मृतकमध्ये ६८ जनाकाे शव घटनास्थलबाट उद्धारकर्मीले बरामद गरिसकेका छन् । आन्तरिक हवाई सेवामा पहिलाे पटक ७२ सिटे विमान दुर्घटनामा परेर सवार सबैकाे ज्यान गएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

12%
happy

खुसी

67%
sad

दु :खी

4%
amazed

अचम्मित

2%
excited

उत्साहित

16%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS