IME Life New

सिनर्जी पावरले सम्पन्न गर्यो १६औं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर लाउन्जमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाबाट पेश भएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन सर्बसम्मतले पारित गरेको छ। त्यस्तै आर्थिक वर्ष २०७८ /७९ को लेखापरीक्षकको प्रतिवेदन र सोही आर्थिक वर्षको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचिहरू साधारणसभाले स्वीकृत गरेको छ।

Esewa
Crest

साधारणसभाले आर्थिक वर्ष२०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत गरेको छ। साधारणसभामा शेयरधनीहरुले पुस मसान्तसम्म साधारणसभा गरेर जरिवानाबाट बच्नु राम्रो भए पनि आगामी वर्षदेखि पुस महिना अगाडी नै साधारणसभा सम्पन्न गर्न सुझाव दिएका थिए।

त्यस्तै उनीहरुले कम्पनीको गत साधारणसभाले पारित गरेको हकप्रद निष्काशनमा भईरहेको ढिलाईबारे जिज्ञासा राखेका थिए । शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष इन्द्र बहादुर थापाले विद्युत नियमन आयोगबाट हकप्रदको लागि स्वीकृति प्राप्त हुने क्रम मै रहेकोले आयोगबाट स्वीकृति आएपछि थप प्रक्रिया अगाडी बढ्ने बताए ।

सिनर्जीले लगानी गरेको कम्पनीले निर्माण गर्ने आयोजनाको २५ प्रतिशत प्रगति भएपछि मात्र हकप्रदको लागि स्वीकृति प्राप्त हुने उनले बताए । यहि प्राविधिक कारणले हकप्रदमा ढिलाई भएपनि अब भने २५ प्रतिशत प्रगति भईसकेकोले अब माघ महिनामा स्वीकृति आईसक्ने उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS