Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले नेको र आँधिखोला लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेको इन्स्योरेन्स कम्पनी र आँधिखोला लघुवित्तले साधारण सभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय छन् । त्यसकारण आज माघ २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग क्लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

नेको इन्स्योरेन्सले आफ्नो २७औं वार्षिक साधारण सभा माघ १५ गते गर्र्नेजनाएको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा नक्साल स्थित लिसारा रिसेप्सनमा गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ /२०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, बोनश शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने, निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धमा, जारी गरिने बोनश शेयरको हदसम्म जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौँ वार्षिक साधारण सभा माघ १३ गते गर्ने जनाएको छ । उक्त सभा होटल गाउँवेशीको सभाहल, वालिङ्ग, स्याङ्जामा गर्ने जनाएको छ । सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्ष नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS