IME Life New

पाैष मसान्तकाे व्यापार बढाउन शनिबार पनि बीमा कम्पनीले आफ्ना कार्यालय खुला राख्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । चालू आर्थिक वर्षकाे पहिलाे अर्द्ध वार्षिक अवधि पाैष मसान्तसम्ममा अपेक्षित व्यापार गर्न नसकेपछि मरता क्या ना करताकाे अवस्थामा पुगेका बीमा कम्पनीले पाैष ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएका छन् । जीवन तथा निर्जीवन बीमा कम्पनीले आफ्नाे प्रधान कार्यालयसँगै अधिका‌ंश शाखा,उपशाखा तथा एक्सटेन्सन कार्यालय खुला राखेर बीमितलाई नियमित झैं सेवा प्रवाह गर्ने भएका हुन् ।

पाैष मसान्तमा एक दिनकाे अवधिलाई पनि भरपुर सदुपयाेग गर्न सकिने अपेक्षा सहित बीमा कम्पनीले कार्यालय खुल्ला राख्ने भएका हुन् । केही कम्पनीले नयाँ बीमालेख जारी गर्ने  र अन्य आन्तरिक प्रशासनिक सेवा स‌ंचालन गर्ने र केहीले सामान्य दिनमा झैं कार्यालय खुला राखेर सम्पूर्ण सेवा प्रदान गर्ने भएका छन् । अर्द्ध वार्षिक अवधिमा प्राप्त व्यवसायीक उपलब्धीले वर्षभर प्राप्त हुने उपलब्धीकाे प्रारम्भिक संकेत गर्ने भएकाे हुँदा बै‌ंक वित्तीय स‌ंस्था मात्र नभएर बीमा कम्पनीकाे उच्च व्यवस्थापन समेत अर्द्ध वार्षिक प्रगती विवरण सकेसम्म राम्राे प्रकाशन गर्न पाइयाेस् भन्ने ध्याउन्नमा लागेकाे छ।

Esewa
Crest

मसान्तकाे समयमा सबैभन्दा बढी व्यस्तता जाेखिमा‌ंकन विभाग (अण्डरराइटिङ विभाग) का कर्मचारीबीच हुने गरेकाे छ । याे समयमा जाेखिमांकन विभागले विभिन्न शाखा तथा अभिकर्ताबाट प्राप्त हुने बीमा प्रस्तावकाे मूल्यांकन गरेर प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने निर्णय लिन्छ। जाेखिमा‌ंकन विभागले सकेसम्म बीमा प्रस्ताव अस्वीकृत नगराेस् भन्ने दबाब बजार विभागकाे हुन्छ। प्रस्ताव स्वीकृत भएपछि मात्र बीमितसँग बीमाशुल्क लिएर बीमालेख जारी गर्न संभव हुने भएकाले बीमा कम्पनीकाे बजार विभाग जस्ताेसुकै जाेखिम बहन गरेरै भएपनि बीमालेख प्रस्ताव स्वीकृत हाेस् भन्ने चाहन्छ।

हामीलाई सार्वजनिक बिदा हाेस् वा सप्ताहन्त बिदा भन्ने शब्दावली हाम्राे शब्दकाेषमा हुँदैन, जीवन बीमा कम्पनीकाे एक प्रबन्धकले शनिबार पनि कार्यालय खुल्छ भन्ने जिज्ञासामा प्रतिकृया दिंदै भने, कार्यालय बन्द नै भएपनि हामी बीमितकाे खाेजीमा गाउँघरतिर बरालिरहेका हुन्छाै‌ं ।

वित्तीय प्रणालीमा तरलताकाे अभावका साथै बढ्दाे महँगीका कारण खर्च बढ्ने र बचत घट्ने अवस्थाका कारण पछिल्लाे एक वर्षयता विशेषगरी जीवन बीमा व्यवसायकाे व्यापार वृद्धिदर खस्किएकाे छ। बजारमा तरलता अभावका कारण बीमा कम्पनीका कर्मचारीले उधाराेमा बीमा गरेर पछि पैसा भुक्तानी लिने सहमतिमा आफै‌ंले बीमाशुल्कवापतकाे पैसा जम्मा गरी दिने प्रवृत्तिमा पनि अंकुश लागेकाे छ ।

नेपाल बीमा प्राधिकरणले वास्तविक समयमै काराेबार समाप्त गर्न कडिकडाउ गरेपछि गत साउन यता अधिकांश बीमा कम्पनीले वास्तविक समयमै आफ्नाे सफ्टवेयरमा काराेबारसम्बन्धि विवरण प्रविष्टी गर्न थालेका हुन् । प्राधिकरणले कडिकडाउ गर्नु अघि अर्काे महिनाकाे पहिलाे सातासम्म पनि बितेकाे महिनाकै मिति कायम गरेर बीमा कम्पनीले काराेबार गर्दै आएका थिए । विशेषगरी असार मसान्त र पाैष मसान्तमा यस्ताे अभ्यास ज्यादै हुँदै आएकाे थियाे । पछिल्लाे समयमा बीमा समितिले वास्तविक समयमै काराेबार विवरण प्राप्त गर्ने र श‌ंकास्पद देखिएकाे अवस्थामा थप विवरण माग्ने वा स्थलगत अनुगमन समेत गर्ने भएकाले पुरानाे मितिमा काराेबार गर्ने प्रवृत्तीमा धेरै हदसम्म अंकुश लागेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

71%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS