काठमाडौं । क्रिकेट खेलाडी एवम पूर्व कप्तान सन्दिप लामिछाने थुनामुक्त भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा स–शर्त सहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।
बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने अदालती प्रक्रिया पूरा गरेर विहिवार नै थुनामुक्त भएका हुन् । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिएको थियो । उक्त निवेदनमाथिको सुनुवाईमा २० लाख धरौटी रकममा थुना मुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।
उच्च अदालते थुनामुक्त गरेसँगै राखेको शर्त अनुसार भने उनी विदेश जान पाउने छैनन् । यति मात्र नभई पिडितको बारे कुनै पनि माध्यमबाट सामाग्री प्रकाशन, प्रशारणमा समेत रोक लगाइएको छ ।