Connect IPS
IME Life

साता समिक्षा: दुई दिनको करेक्सनले १० बीमा कम्पनीको शेयर मूल्य घट्यो, बाँकी कम्पनीका शेयरधनीको पोर्टफेलियो थप बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पुस लागे सँगै सुधार हुन थालेको शेयर बजारमा बीमा कम्पनीका शेयरधनीहरुको पोर्टफेलियोमा उल्लेख्य सुधार भइरहेको छ । गत सातासम्ममा ५५ प्रतिशतले पोर्टफेलियो बढेकोमा यस साताको दुई दिनको करेक्सनले १० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

यस साता मंगलबार र बिहीबार दुई दिन शेयर बजारमा ६२ अंकको करेक्सन भयो । दुई दिनको करेक्सनमा १० बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । यस साता नेशनल लाइफ, एलआइसी नेपाल, एशियन लाइफ, नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

Prabhu
Crest

यस साता सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर १३१ रुपैयाँले घटेको छ । जीवन तर्फ नेशनल लाइफको सबैभन्दा धेरै ७६ रुपैयाँले घटेको छ । यस बाहेक १५ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार कायमै छ । दुई दिनको करेक्सनमा पनि सुधार देखिएको १५ कम्पनीका शेयरधनीको पोर्टफेलियो थप सुधार भएको छ ।

यस साता नेपाल लाइफको शेयर मूल्यमा १२ रुपैयाँले सुधार भए सँगै पुस महिनाभरमा नेपाल लाइफको शेयर मूल्य १३२ रुपैयाँले बढेको छ ।  नेशनल लाइफको शेयर मूल्य यस साता ७६ रुपैयाँले घट्दा पुस एक महिनाको अवधिमा भने जम्मा ४४ रुपैयाँले मात्रै सुधार भएको छ । जवकी गत सातासम्ममा १२० रुपैयाँको सुधार देखिएको थियो ।

एलआइसी नेपालको शेयर मूल्य यस सातामा १८ रुपैयाँले घट्यो । पुस एक महिनाको अवधिमा भने १९८ रुपैयाँले सुधार भएको छ । एशियन लाइफको सातामा ६ रुपैयाँले घटेको छ भने पुस एक महिनाको अवधिमा १८३ रुपैयाँले बढेको छ ।

सानिमा लाइफको सातामा ९ रुपैयाँले बढ्दा पुस एक महिनाको अवधिमा भने ११९ रुपैयाँले बढेको छ । पुस एक महिनामा प्रभु लाइफका शेयरधनीको शेयर मूल्य १५५ रुपैयाँ र रिलायन्स लाइफका शेयरधनीको १३३ रुपैयाँले बढेको छ ।

राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य पुस एक महिनाको अवधिमा १६९१ रुपैयाँले बढेको छ । पुस अन्तिम कारोबारका दिन प्रतिशेयर मूल्य १३ हजार ९९९ रुपैयाँ कायम भएको छ । एनएलजीको शेयर मूल्य २१४ रुपैयाँले बढेको छ । सातामा भने ५९ रुपैयाँले बढेको छ ।

यस साता प्रिमियर इन्स्योरेन्सको सर्वाधिक धेरै १३१ रुपैयाँले घट्दा पुस अवधिभर १४५ रुपैयाँले सुधार देखिएको छ । मर्जरको संझौता गरेर अहिलेसम्म पनि सगरमाथा इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले शेयर कारोबार फुकुवा गर्न सकेका छैनन् । कारोबार फुकुवा गर्न नसक्दा यस कम्पनीका शेयरधनीहरुले दोस्रो बजारबाट लाभ लिन पाएका छैनन् । यि कम्पनीले मर्जरको संझौता गर्दा दोस्रो बजारमा शेयर कारोबार रोक्का गर्नु पर्ने व्यवस्था थियो । तर नेपाल धितोपत्र बोर्डले नियम नै परिवर्तन गरेर मर्जरको सहमति गरेका कम्पनीहरुको आधारभुत शेयरधनीको शेयर भने रोक्का राख्ने व्यवस्था गरेको छ ।

अहिलेसम्मको अवस्थामा निर्जीवन बीमा कम्पनीका शेयरधनीहरुको पोर्टफेलियोमा राम्रै सुधार देखिएको छ । यदि गएका दुई दिनको गिरावट अल्पकालिन करेक्सनको रुपमा रह्यो भने बीमा कम्पनीको शेयर मूल्यमा थप सुधार हुनेछ ।

नयाँ सरकार गठन प्रकृयाँ अगाडी बढे सँगै दोस्रो बजारमा सुधार आएको थियो । नेकपा माओवादीले नेपाली कांग्रेस सँगको गठबन्धनलाई तोडेर नेकपा एमाले सँग गठबन्धन जोडे सँगै अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल भित्रिएका थिए । उनि अर्थमन्त्री हुने चर्चा सँगै बढ्न थालेको शेयर बजार सरकारले संसदमा विश्वासको मत नलिदासम्म साढे तीन सय भन्दा धेरै अंकले सुधार भयो ।

तर यस साता प्रधामन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिए पछि राजनीति तरङ्गित भएको छ । यसै क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई अर्थमन्त्रीबाट हटाएर सत्ता समिकरण व्यवस्थापन गर्ने भन्ने किसिमका चर्चाले गर्दा दोस्रो बजारमा गिरावट आएको हो । यस अगाडीका दुई बुलमै विष्णु पौडेल अर्थमन्त्री थिए । यसले गर्दा उनि तेस्रो पटक अर्थमन्त्री हुँदा लगानीकर्ताको आत्मविश्वास पनि बढिरहेको छ । पछिल्ला दिनको कारोबार रकमले पनि बजारलाई सपोर्ट गरिरहेको छ ।

पुस महिनामा बीमा कम्पनीको शेयर मूल्य

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS