IME Life New

दियालोले ल्यायो पिउने पानीको गुणस्तर थाहा पाउन सकिने प्रविधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले विकास गरेको पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले समेत आफुले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । स्मार्ट वाटर प्रविधि अन्तरगत रहेको एक सेन्सर मार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।

दियालो टेक्नोलोजिज प्रालिले विकास गरेकोे प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्दै लगिरहेको छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको जनाएको छ । जसमा खानेपानीको गुणस्तर मात्र नभइ खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाएको छ ।

Esewa
Crest

हाल यस प्रणाली प्रयोग गर्न अधिकांश खानेपानी समितिहरूले चासो देखाएको कम्पनीले जनाएको छ । राजधानीको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा सुरू गरिएको यस प्रणालीलाई लागु गर्न देशभरका खानेपानी समितिहरू उत्सुक देखिएका हुन् । हाल केही समितिहरूमा यस प्रणाली लागु हुने क्रममा छ ।

दियालो टेक्नोलोजिजले मंगलबार मोरङको उर्लावारीमा प्रदेश नं। १ मा रहेका सबै खानेपानी समितिहरूका बीचमा एक कार्यशाला गोष्ठी आयोजना गरेको छ। कार्यशालामा दियालोका बिजनेस डेभलपमेन्ट हेड रोशन गौतमले दियालोको सफ्टवेयरका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत पिआर खनालले समितिहरूका जिज्ञासाको जवाफ दिएका थिए ।

उक्त कार्यक्रम उद्घाटन गर्दै उर्लावारी नगरपालिकाका नगर प्रमुख गंगा खरेलले पानी जस्तो महत्वपूर्ण वस्तुको उपभोक्ताले नै गुणस्तर हेर्न पाउनु भनेको प्रविधिको उच्चतम विकास भएको भन्दै खानेपानी समितिहरूलाई लागु गर्न आग्रह गरे ।

हालसम्म करिब ६ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको हो । करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS