IME Life New

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न, लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को आफ्नो एघारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौँमा आज सम्पन्न साधारणसभाले ३८ प्रतिशत बोनश शेयर वितरण गर्ने तथा बोनश शेयरको कर प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार हुनेछ।

कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ ।

Esewa
Crest

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७५ ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४० प्रतिशतले बृद्धी भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४ दशमलव ५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति शेयर २५५ कायम भएको छ ।

नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS