Connect IPS
IME Life

प्रिमियरका सिइओ विश्वराम तिमिलाको वार्षिक तलब सुविधा ६९ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलालाई वार्षिक ६९ लाख ४ हजार रुपैयाँ बराबरको तलब भत्ता बोनस लगायतको सेवा सुविधा उपलब्ध गराएको छ । तिमिलाले गत आर्थिक वर्ष २०७८/७९ मा तलब तथा भत्ता बापत ३८ लाख ६४ हजार रुपैयाँ बुझेका छन् । यस बाहेक उनलाई कम्पनीले कर्मचारी संचयकोष, उपदान, दशै खर्च, औषधीउपचार खर्च, संचित विदा खर्च, बोनस, अन्य भत्ता, सवारी तथा इन्धन सुविधा उपलब्ध गराएको छ । यि सबै सेवा सुविधा सहित उनको ६९ लाख ४ हजार १३ रुपैयाँ पुगेको हो ।

त्यस्तै कम्पनीका सञ्चालकहरुले बैठक भत्ता बापत १४ लाख ६८ हजार र अन्य सेवा सुविधा बापत १२ लाख ६० हजार रुपैयाँ प्राप्त गरेका छन् । उच्च व्यवस्थापन तहका कर्मचारीहरुलाई तलब भत्ता तथा अन्य सेवा सुविधा बापत एक करोड ९५ लाख रुपैयाँ दिइएको छ ।

Prabhu
Crest

कम्पनीले भोलि २९ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले शेयरधनीहरुका लागि भने १४.२५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्दैछ । यस सभामा सिद्धार्थ इन्स्योरेन्ससँग मर्जरमा जानका लागि विशेष प्रस्ताव पनि पेश गरिनेछ । सभाले मर्जरमा जाने प्रस्ताव पारित गरे सँगै दुई कम्पनीले एकिकृत कारोबारको यात्रा तय गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS