IME Life New

नेप्सेले स्पष्टीकरण माग्दै साल्ट ट्रेडिङको रोक्का गर्यो कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । धितोपत्रको मूल्यमा प्रभाव पर्ने गरी कम्पनीले लाभांश सम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले पुस २८ गते बिहान ८ः३० बजे सञ्चालक समितिको बैठकले गरेको लाभांश वितरणको निर्णय नेप्सेलाई ११ः१३ मा गराएको थियो । धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने हुन्छ ।

Esewa
Crest

कम्पनीले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम सूचना उपलब्ध नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।

1673505635452

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS