IME Life New

इसेवाको अफरः एक रुपैयाँमै पूर्ण हेल्थ केयर सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक एक रुपैयाँ भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा भवितब्य आइपर्ने दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एपमा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दा कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिन्छ । यसका साथै अन्य थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक १ रुपैयाँमा दुई लाख ३० हजारसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस प्याकेजमा २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ । इसेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुई लाख ३० हजारसम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, एक सय इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिंग सेवामा ५ सयसम्म छुट, आवरन छाला र कपाल क्लिनिकमा दश प्रतिशत, द ब्यूटी बार नेपालमा बीस प्रतिशत छुटको सुविधा रहेको छ ।

Esewa
Crest

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स मार्फत अस्पतालको बेड चार्जमा दशहजार रूपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एकलााख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एक लाखसम्म, अन्त्येष्टि यातायात खर्च एकलाखसम्म, अन्त्येष्टि खर्च दशहजारसम्म जस्ता सुविधा रहेका छन् । यसैगरी आकस्मिक चिकित्सा कवरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च एकलाखसम्म, पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्च दशहजार रूपैयाँ,. स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधी भित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिनेछ । साथै अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सन्चलान गर्न नसकेमा २६ हप्ता सम्म बीमाको ५ प्रतिशत वा वार्षिक बीस हजार बराबरको रकम उपलब्ध हुनेछ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ६५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका एक लाख ६० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS