काठमाडौं । माउन्टेन इनर्जी नेपालले लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । संस्थाले १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।
कम्पनीको पुस ८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले उक्त लाभांश वितरण गर्न थालेको हो ।
कम्पनीले साधारण सभाका लागि गरेको बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामा क्लियरिङ्ग हाउसको आइपीएस मार्फत नगद लाभांश जम्मा गरेको जनाएको छ ।