Connect IPS
IME Life

हिमालयन डिष्टिलरी सहित चार कम्पनीको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज हिमालयन डिष्टिलरी,बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई र माउन्टेन हाईड्रो नेपालले साधारण सभा गर्दैछन् । हिमालयन डिष्टिलरीले कम्पनीको हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत बोनश शेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल ७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रहेको छ।

सभा पर्सा स्थित आफ्नै रजिष्टर्ड कार्यलयमा गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Prabhu
Crest

त्यस्तै, बोटलर्स नेपालले होटल र्याडिसनमा दिउसो तीन बजे साधारणसभा गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २ गते बुक क्लोज गर्ने भएको छ । यस भन्दा अगाडी घोषणा भएको २० प्रतिशत नगद लाभांश पुस १९ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन पाउने छन् । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

प्रवन्ध संचालकको पारिश्रमिक तथा अन्य सुविधा उपर छलफल गरी पारित गर्नेछ । सभामा संचालक समितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव लैजाने भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्नेदेखि लिएर लेखापरीक्षक नियुक्त गर्नेसम्मका विशेष प्रस्ताव रहेका छन् ।

माउन्टेन हाईड्रो नेपालले कालीमाटी ब्यांक्वेट कालीमाटी, काठमाडौंमा बिहान १० बजे हुने जनाएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

बोटलर्स नेपाल तराईले होटल र्‍याडिसन, लाजिम्पाट, काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ । उक्त सभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको भत्ता वृद्धि गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेश हुने एजेण्डा छ । बोटलर्स नेपाल तराई लिमिटेडले सर्बसाधारण समुहबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS