Connect IPS
IME Life

पाँच कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डाहरु ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पाँच कम्पनीले वार्षिक साधारण सभा आज मंगलवार आयोजना गर्दैछन् । लुम्बिनी विकास बैंक, सिन्धुपाल्चोक हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट, मैलुङ्ग खोला जलविद्युत कम्पनी र त्रिशूली जलविद्युत कम्पनी हुन् ।

लुम्बिनी विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनसमेतका लागि ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

साथै सभाले संस्थापक शेयरधनीहरूका तर्फबाट तीनजना र सर्वसाधारण शेयरधनीको तर्फबाट तीनजना गरी ६ जना सञ्चालकहरूको निर्वाचनसमेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अर्पण ब्यांक्वेट थापागाउँ नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे सभा शुरू गर्ने जानकारी गराएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

मैलुङ्ग खोला जलविद्युत कम्पनीले नवौं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै कम्पनीको ठेगाना परिवर्तन भएको हुँदा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ ।

त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ मा व्यवस्था भएबमोजिम जारी पूँजी रू। २ अर्ब ४७ करोडमध्येबाट समूह ‘ख’ मा रहने सर्वसाधारण समूहको लागि छुट्याइएको शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीले कोटेश्वर ३२, काठमाडौं स्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले सञ्चालकको समितिको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS