Connect IPS
IME Life

प्रतिनिधिसभाको पहिलो बैठकले हौसिए लगानीकर्ता, ४६ अंकको सुधारमा ५ अर्ब ३१ करोडको कारोबार 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकले लगानीकर्तालाई थप हौस्याएको छ । निर्वाचनले खासै नहौसिएका लगानीकर्ता नयाँ राजनीतिक समिकरणले थप हौसिएका हुन् । अघिल्लो बाम गठबन्धनमा ओरालो झरेको शेयर बजार यस पटकको बाम गठबन्धनले भने लगानीकर्ताको मनोविज्ञान बढाएको हो ।

भोलि प्रधानमन्त्री पुष्प कमल दाहालले विश्वासको मत दिदै छन् । उनले विस्वासको मत लिए सँगै अवको साढे दुई वर्ष प्रचण्डको सरकार स्थिर रहनेछ । यस मन्त्रिमण्डलमा लगानीकर्ताका विश्वासपात्रका रुपमा रहेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल रहनेछन् । यहि अवस्थामा शेयर बजारले अर्को नयाँ बुलको रेकर्ड बनाउने लगानीकर्ताको विश्वास छ ।

Prabhu
Crest

यहि क्रममा आज नेप्से सूचक ४६.७६ अंकले सुधार भएको छ । पुस महिना भित्र मात्रै नेप्से सूचक ३४५ अंकको सुधार भएको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ति हुने सूचनाले सुधार हुन थालेको शेयर बजार आजसम्म पनि लगातार बढिरहेको छ ।

भोलि सरकारले विश्वासको मत प्राप्त गर्यो भने अझै बजार माथि जानेछ । सोमबार नेप्से सूचक २.१६ प्रतिशतले बढेर २२११.३८ अंकमा रोकिएको छ । कारोबार रकम तीन अर्ब ३१ करोड नाघेको छ । आज ३१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आए पनि १७३ वटा कम्पनीको शेयर मूल्यमा उल्लेख्य सुधार आएको छ । आज १३ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । होटल तथा पर्यटन बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ । हिजोका दिनमा बाणिज्य बैंकहरुको सूचकमा खासै सुधार थिएन । तर आज बाणिज्य बैंकको सूचक २९ अंकले सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS