IME Life New

अन्तराष्ट्रिय मुद्रा कोषको ‘साउथ एशियाज पाथ टु रिसिलेन्ट ग्रोथ’ सम्मेलनमा गभर्नर अधिकारीको सहभागीता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोषले भारतमा आयोजना गरेको ‘साउथ एशियाज पाथ टु रिसिलेन्ट ग्रोथ’ सम्मेलनमा नेपालका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सहभागी भएका छन् । उक्त सम्मेलनमा कोषद्धारा प्रकाशित एशियाज पाथ टु रिसिलेन्ट ग्रोथ नामक पुस्तक सार्वजनिक गरेको थियो ।

सम्मेलनमा हाइ लेबल पोलिसी प्यानल डिसकसन मा विशेष वक्तका रुपमा गभर्नर अधिकारीको उपस्थिति रहेको थियो । अधिकारीले कोभिड–१९ पछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगती भएको उल्लेख गर्दै यसबाट पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धिकरण निवारणमा टेवा पुगेको धारणा व्यक्त गरे । उनले विश्व भू राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रुपमा लिई विदेशी विनिमय सञ्चिति, राजश्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधार मार्फत मुलुकलाई दिगो आर्थिक वृद्धिको बाटोतर्फ लैजानुपर्ने आवश्यकता औल्याए ।

Esewa
Crest

सम्मेलनमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेष वक्ताका रुपमा सम्बोधन गर्दै सार्क मुलुकले झेल्नुपरेको वर्तमान आर्थिक चुनौतिका विषयमा धारण व्यक्त गरे । उनले मूल्य बृद्धि नियन्त्रण,बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थचन्त्र निर्माणका लागि समन्वयन लगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सम्मेलनमा अन्तराष्ट्रिय मुद्रा कोषको उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रिय बैंकका गभर्नरहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS