Connect IPS
IME Life

कर्णाली जलस्रोतको आठौं बार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर राउतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनी मार्फत लगानी भइरहेको माथिल्लो चौरी खोला जलविद्युत आयोजनाको काम तीब्र गतिमा भइरहेको जानकारी दिए ।

Prabhu
Crest

राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकले समेत लगानी गरेको उक्त आयोजनाबाट अगामी साउन पहिलो हप्ता बिजुली बाल्ने गरी काम भइरहेको राउतले बताए ।

काभ्रेमा निर्माण भइरहेको ६ मेगावाटको उक्त आयोजनाको इलेक्ट्रो मेकानीकल सप्लायर छनोट भई एलसी खोल्ने काम समेत सम्पन्न भइसकेको साधारण सभामा जानकारी दिइएको छ ।

त्यस्तै हाइड्रो मेकानिकल सप्लाईको लागि एलसी खोल्ने काम अन्तिम चरणमा पुगेकोर प्रसारण लाइनको सर्भे लाइसेन्स लिएर प्रतिवेदन तयार भएको र निर्माण अनुमित लिने प्रक्रियामा रहेको हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुङले जानकारी दिए ।

उक्त आयोजनामा अनुमानित लागत ११२ करोड रहेकोमा ३५ प्रतिशत लगानी कम्पनीले र बाँकी ६५ प्रतिशत लगानी राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले गरेका छन् ।

त्यसैगरी कर्णाली जलस्रोत लिमिटेडका शेयरधनीकै लगानीमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईने मंगले क्षेत्रमा ४।७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजनाको काम पनि सुरु गरिएको अध्यक्ष रावतले साधारण सभामा जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS