Connect IPS
IME Life

चार कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज चन्द्रागिरी हिल्स लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर, नेशनल बैकिङ्ग ईन्ष्टिच्युट र सामलिङ्ग पावर कम्पनीले वार्षिक साधारण सभा गर्दैछन् ।

चन्द्रागिरी हिल्स लिमिटेडले आगामीे १३ औं वार्षिक साधारण सभा कम्पनीको कार्यालय थानकोट परिसरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुंग्याउनेछ । साथै संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचनसमेत सभाले गर्नेछ ।

Prabhu
Crest

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ११औं वार्षिक साधारण सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंगो लगाउनेछ ।

सामलिङ्ग पावर कम्पनीले ज्वागल ब्यांक्वेट ललितपुरमा बिहान १० बजे साधारण सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

्कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

शनल बैकिङ्ग ईन्ष्टिच्युट लिमिटेडको चौधौं वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । सभा यलफ्ट काडमाडौंमा दिउँसो ४ बजे गर्ने ईन्ष्टिच्युटले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश९कर बाहेक० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS