Connect IPS
IME Life

कालिञ्चोक दर्शनको आइपीओ भोलि बाँडफाँड हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ पुस २० गते बुधवार बाँडफाँड हुँदैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि विक्री गरेको आइपीओ बाँडफाँड गर्न लागेको हो ।

पुस १८ गते नै प्रि–अलोटमेन्ट गरिसकेको यस आइपीओको अन्तिम बाँडफाँड भने पुस २० गते दिउँसो ३ः३० बजे गर्ने जनाएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नारायणचौर नक्सालमा रहेको कार्यालयमा आइपीओ बाँडफाँड गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले गत मंसिर १४ गतेदेखि २८ गतेसम्म आइपीओ जारी गरेको थियो । कम्पनीले १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा र १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गरेको थियो ।

कम्पनीको आइपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका ६ हजार ६११ जना नेपालीले आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ ।स्थानीयबाट १५ हजार ४०० जनाको आवेदन प्राप्त भएको विक्री प्रबन्धकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS