Connect IPS
IME Life

वर्ल्डलिङ्कले पायो कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले पाएको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो ।

निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड प्रदान दिने गरिएको छ । यसबाट समाजमा सबैको मनोवल बलियो पार्नुको साथै राम्रो काम गर्न प्रेरित र प्रोत्साहन समेत गर्ने आयोजकको अपेक्षा छ ।

Prabhu
Crest

प्राध्यापक डा. फत्तबहादुर केसी अवार्डका लागि निर्णायक मण्डलको संयोजकको रूपमा रहेका थिए । जसमा वुमन फर ह्युमन राइट्सका संस्थापक अध्यक्ष लिली थापा, पत्रकार बबिता बस्नेत, भुवन दाहाल, सफल पार्टनरका सीईओ ओषुतोश तिवारी, पत्रकार पुष्पराज आचार्य र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा। छिरिङ लामा सदस्यको रुपमा रहेका थिए ।

अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वर्ल्डलिङ्कले देखाएको प्रतिवद्धता, ग्राहक सङ्ख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको सङ्ख्या, सेवाको पहुँच क्षेत्र आदिलाई आधार बनाइएको थियो । यसका साथै कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिम, स्थानीय प्रतिभाको कदर, व्यवसायिक सामाजिक उत्तरदायित्व जस्ता विषय समेत अवार्डका लागि मूल्याङ्कन गरिएको थियो ।

देशभर वर्ल्डलिङ्कका सात लाखभन्दा धेरै ग्राहक रहेका छन् । जसमध्ये ९३ प्रतिशत घरायसी, दुई प्रतिशत साना व्यवसाय र एक प्रतिशत इन्टरप्राइज रहेका छन् । वर्ल्डलिङ्कले हाल पाँच हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS