काठमाडौं । आजसम्म शेयर किन्नले हिमालयन डिष्ट्रिलरीको लाभांश पाउने छन् । साधारणसभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । लाभांश पुस १९ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । अर्थात दोस्रो बजारबाट पुस १९ गतेसम्म शेयर खरिद गर्नेले उक्त लाभांश पाउन सक्ने छन् ।
कम्पनीको पुस २७ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले यस भन्दा अगाडी घोषणा गरेको ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।
हिमालयन डिष्ट्रिलरीको हालको चुक्ता पूँजी एक अर्ब ५१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ६० प्रतिशत बोनस शेयर अर्थात ९१ करोड १० लाख रुपैयाँ बोनस शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ । प्रस्तुत लाभांश साधारणसभाबाट पारित भए पछि शेयरधनीहरुले प्राप्त गर्ने छन् ।
सभामा संचालक समितिको तर्फबाट साधारणसभामा पेश हुने वार्षिक प्रतिवेदनलाई पारित गर्नेछ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वासलात नाफा नोक्सान हिसाव र नगद प्रवाह हिसाव सहितको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि सभामा पेश गरिनेछ ।