Connect IPS
IME Life

माघ २५ मा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेका छन् । उक्त भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उपस्थिति रहेको थियो । उक्त भेटमा राष्ट्रिय सभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानूनका विषयमा छलफल गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय सभाका रिक्त पदको उपनिर्वाचन गर्ने, वर्तमान राष्ट्रपतिको पदावधि २०७९ फागुन २८ गतेसम्म रहेकोले राष्ट्रपतिपदको निर्वाचन र राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गराउनुपर्ने विषयमा छलपल भएको आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य जिर्वाचन ऐन,२०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहदै कुनै कारण्नले पल रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुरुप मिति तोक्न सरकारलाई लिखित परामर्श दिने व्यवस्था अनुसार आगामी माघ २५ गते राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्ने गरि निर्वाचनको मिति तय गर्न आयोगले परामर्श दिइएको छ ।

Prabhu
Crest

साथै, आयोगका तर्फबाट तयार भएको निर्वाचनसँग सम्बन्धित एकीकृत निर्वाचन कानूनको मस्यौदा सरकारमार्फत संघीय संसदको पहिलो अधिवेशनमा पेश गर्ने तयारीमा आयोग जुटेको छ । सोहि छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोगले प्रस्ताव गरेका राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको विषयमा आवश्यक सहयोग, समन्वयन र सहजीकरण गर्न तथा एकीकृत निर्वाचन कानूनलाई अगाडी बढाउन नेपाल सरकार तयार रहेको बताए । साथै अर्थमन्त्री पोडेलले अब हुने निर्वाचनका लागि आवश्यक पर्ने वित्तिय सहयोग जुटाउन मन्त्रालय तयार रहेको बताए । गृहमन्त्री लामिछानेले आयोगको सम्पर्क मन्त्रालयका रुपमा गृह मन्त्रालयबाट गर्नुपर्ने सम्पूर्ण सहयोग उपलब्ध गराइने विश्वास व्यक्त गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS