Connect IPS
IME Life

दुई सातामा २०० अंकको सुधार, कारोबार रकम २ अर्ब ९६ करोड हुँदा चार कम्पनीमा सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा १७ दशमलब ५६ अंकले सुधार भएको छ । शेयर बजार दुई सातादेखि लगातार बढिरहेको छ । नेप्से सूचक यस अवधिमा २०० अंकले बढिसकेको छ । नेप्से सूचक नयाँ सरकार गठन प्रकृयाँ अगाडी बढेदेखि सुधार हुन थालेको हो ।

सूचक सँगै कारोबार रकम पनि उल्लेख सुधार भइरहेको छ । लगानीकर्ता तथा ब्रोकहरु विचमा अहिलेको बुल कम्तिमा पनि ४/५ सय अंकको हुनेछ । यहि प्रोजेक्सनले पनि दोस्रो बजारमा लगानीकर्ताको सक्रियता बढेको छ । यस भन्दा अगाडीको सरकारले ब्रोकर लाइसेन्स आह्वान गर्ने सूचना बाहिरिए देखि घट्न थालेको थियो । उक्त सरकारले अगाडी बढाएका सम्पुर्ण प्रकृयाँ अहिले स्थगित भएको छ ।

Prabhu
Crest

यसले गर्दा ब्रोकरहरु विचमा पनि कन्फिडेन्स लेभल बढेको छ । अहिलेको सरकारले ब्रोकरको लाइसेन्सलाई कसरी अगाडी बढाउछ भन्ने निर्यौल नहुन्जेल सुधार भइरहने विश्लेषण गरिएको छ । यदि ब्रोकरकै पक्षमा सरकारले कदम अगाडी बढायो भने बजार पुनः सुधारकै लयमा अगाडी बढ्नेछ । तर ब्रोकरको पक्षमा निर्णय नभएमा शेयर बजार तल झर्न थाल्नेछ ।

सोमबार नेप्से सूचक ०.८६ प्रतिशतले सुधार भएर २०६३.८३ अंकमा रोकिएको छ । १६५ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नविल बैंकको सर्वाधिक धेरै १६ करोड ८४ लाख रुपैयाँको खरिद बिक्री भएको छ । आज २ अर्ब ९६ करोडको खरिद बिक्री भएको छ । कारोबार रकम हिजोको भन्दा आज घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS