IME Life New

नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यस ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ । त्यस्तै ९१ दिनको लागि ७ अर्ब ७५ करोडको ट्रेजरी जारी गर्न लागिएको छ ।

Esewa
Crest

यस ट्रेजरी चैत २१ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल जारी गरिँदैछ । यो ट्रेजरी २०८० पुस १७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS