Connect IPS
IME Life

चुनाव पछि जीवन बीमा व्यवसाय सुधारको लयमा, नविकरणमा जोड दिदा साउन यताकै सर्वाधिक बीमा शुल्क संकलन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक गतिविधि सुस्त हुँदा लगातार घटिरहेको जीवन बीमा व्यवसाय चुनाव पछि सुधार देखिएको छ । चुनाव पछि आर्थिक गतिविधि बढ्दा बीमा कम्पनीहरुले नविकरण बीमा शुल्कमा जोड दिएका छन् ।

कम्पनीहरुले नविकरण बीमा शुल्कमा जोड दिदा साउन यताकै सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क भदौ, असोज र कार्तिक महिना मध्येकै सर्वाधिक धेरै हो ।

Prabhu
Crest

साउनमा जीवन बीमा कम्पनीहरुले कुल १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै भदौ महिनामा १० अर्ब ९८ करोड रुपैयाँमा खुम्चिएको थियो । त्यस्तै असोज महिनामा थप ९ अर्ब ७३ करोड रुपैयाँमा झरेकोमा कार्तिक महिनामा भने सामान्य सुधार सहित १० अर्ब २३ करोड रुपैयाँ आर्जन गरेका थिए ।

कम्पनीहरुले प्रथम बीमा शुल्क आर्जन भन्दा पनि नविकरण बीमा शुल्क आर्जनमै बढि जोड दिएका छन् । साउनमा कम्पनीहरुले २ अर्ब २० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा नविकरण १२ अर्ब ८५ करोड थियो । भदौ महिनामा प्रथम बीमा शुल्क आर्जन २ अर्ब ६१ करोड रहेकोमा नविकरण बीमा शुल्क जम्मा ८ अर्ब ७३ करोड मात्रै थियो । त्यस्तै असोज महिनामा २ अर्ब २७ करोड प्रथम बीमा शुल्क आर्जन गर्दा नविकरण जम्मा ७ अर्ब ४५ करोड मात्रै थियो । यो अवधिमा बैंकिङ तरलता, घरजग्गाको कारोबारमा सुस्तता र चाडवाड अगाडीको खर्चको भारले गर्दा बीमित सँग बीमा शुल्क संकलन गर्न धेरै गाह्रो परेको थियो । तर कार्तिक महिनामा प्रथम बीमा शुल्क २ अर्ब २ करोडमा झरे पछि नविकरण बीमा शुल्क ८ अर्ब २१ करोड थियो । गत असोज महिनामा प्रथममा खासै सुधार देखिदैन । कम्पनीहरुले जम्मा २ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा नविकरण बीमा शुल्क आर्जन ११ अर्ब ३५ करोड छ ।

असोज महिनामा बीमा कम्पनीहरुले नविकरण बीमा शुल्क आर्जनका लागि बीमितलाई धेरै नै पच्छाएका छन् । असोज पछि अर्थतन्त्रमा पनि केहि सुधार देखिएको छ । कतिपय बीमितहरुले वैदेशिक रोजगारमा गएर नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

आर्थिक मन्दी सँगै बीमितको पनि कन्फिडेन्स धेरै नै कमजोर देखियो । तर असोज पछि पर्यटन लगायतका क्षेत्रमा सुधार देखिएको छ । आर्थिक सूचकहरु कमजोर देखिए पनि यस अवधिमा अधिकाम्स पर्यटकिय क्षेत्रमा नेपालीहरुले खचाखच भरिएका छन् ।

यस्ता किसिमका आर्थिक गतिविधिले बजारमा पैसा आउछ । होटल नचल्दा नविकरण बीमा शुल्क तिर्न नमान्ने बीमितहरु अहिले होटलबाटै भएको आर्जनबाट नविकरण बीमा शुल्क भुक्तानी गरिरहेका छन् । आर्थिक गतिविधिमा गतिशिलना आउने वित्तीकै अभिकर्ता तथा बीमा कम्पनीहरुले पनि बीमितहरुलाई बीमा शुल्क भुक्तानीका लागि फोर्स गर्न सक्छन् । यदि यहि हिसावले आर्थिक गतिविधि भइरह्यो भने बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा पनि विस्तारै सुधार हुँदै जाने देखिन्छ ।

व्यवसायमा सामान्य सुधार हुन थाले सँगै अभिकर्ताहरु पनि विस्तारै सक्रिय बन्दै जाने विज्ञहरु बताउछन् । हिजोका दिनसम्म बीमा गर्नै मान्दैनन् भन्दै चुप लागेर बस्ने अभिकर्ताहरुले ग्राहक खोज्न सुरु गरिसकेका छन् । यस अवधिमा बीमा कम्पनीहरुले पनि आफ्ना अभिकर्तालाई मोटिभेट गर्न सक्नु पर्छ । त्यस्तै कर्मचारीहरुलाई पनि सक्रिय बनाउने हो भने नविकरण बीमा शुल्क आर्जनमा खासै ठुलो समस्या पर्दैन । नविकरण बीमा शुल्क आर्जनमा सुधार हुनुको अर्को कारण बीमा कम्पनीहरुले पछिल्लो समय व्यतित बीमालेखमा व्याज छुटका स्किम ल्याएर पनि हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS