Connect IPS
IME Life

मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुको कुल ब्यापार ५९ अर्ब ५१ करोड, कुनले कति गरे व्यवसाय ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५९ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङक अनुसार यी कम्पनीहरुले १ करोड ३९ लाख ८६ हजार ५०५ वटा बीमालेख जारी गरी ५९ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस अवधिसम्ममा कम्पनीहरुले ११ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ४८ अर्ब २४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ७ अर्ब २ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

Prabhu
Crest

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ६ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थाले ५ अर्ब ५६ करोड, यूनियन लाइफले ३ अर्ब ३ करोड, एशियन लाइफले २ अर्ब ८० करोड र सिटिजन लाइफले २ अर्ब २० करोड रुपैयाँ आर्जन गरेका छन् ।

त्यस्तै, मेट लाइफले २ अर्ब ९ करोड, सूर्या लाइफले २ अर्ब २ करोड, प्राइम लाइफले १ अर्ब ८४ करोड, सन नेपाल लाइफले १ अर्ब ६३ करोड, आइएमई लाइफले १ अर्ब ४७ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४३ करोड, ज्योति लाइफले १ अर्ब ४३ करोड, रिलायन्स लाइफले १ अर्ब २१ करोड, गुराँस लाइफले १ अर्ब ११ करोड, सानिमा लाइफले १ अर्ब २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी प्रभु लाइफले यस अवधिसम्ममा ८२ करोड ५३ लाख रुपैयाँ र महालक्ष्मी लाइफले ६२ करोड ३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS