Connect IPS
IME Life

शेयर बजार विश्लेषक भट्टराईले बजारमा ल्याए जीवन बीमा किताब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार विश्लेषक रविन्द्र भट्टराईले जीवन बीमा किताब बजारमा ल्याएका छन् । लामो समयदेखि वित्तीय साक्षरतामा कलम चलाइ रहेका भट्टराईले त्यस भित्रको अभिन्न अंगका रुपमा लिइने जीवन बीमालाई पनि समेट्न आवश्यक ठानी जीवन बीमा पुस्तक तयार पारी बजारमा ल्याएको बताएका छन् ।

पाठकहरुको बढ्दो रुचि, बदलिँदो वित्तीय आवश्यकता र बीमाको फैलँदै गएको बजारले यसको आवश्यकता अझ बढी देखिएको कारण यस पुस्तक बजारमा ल्याएको उनको भनाई छ । बीमा बजारको गुणस्तरीयतामा वद्धि, जीवन बीमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्न बीमा ऐन र नियमावलीमा भएका पछिल्ला व्यवस्थाको उद्देश्य पुरा गर्न यसले सहयोग पुर्याउने छ ।

Prabhu
Crest

बीमा गर्न चाहने, बीमाको आवश्यकता बुझ्न चाहने अनि बीमा अभिकर्ताका रुपमा काम गर्न चाहने र गरिरहेका तथा बीमा बजारको नियमन गर्ने सबै पक्षलाई यो पुस्तकले सहयोग पुर्याउने उनले बताएका छन् । उनले भने यस पुस्तकले भर्खरै आएको ‘बीमा ऐन २०७९’ का व्यवस्था, बीमा प्राधिकरणका निर्देशनहरु र जीवन बीमाको क्षेत्रमा भएका अन्तर्राष्ट्रिय अभ्यासलाई समेत समेटेको छ ।

जीवन बीमालाई आवश्यकता अनुसार जीवनमा कसरी अधिकतम प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सर्वसाधारणलाई जानकारी दिनु पनि यो पुस्तकको उद्देश्य हो । जसरी हामी लगानीका विविध विकल्पहरुलाई हाम्रो लक्ष्य वा योजनासँग जोड्छौं । जीवन बीमालाई पनि हाम्रा विभिन्न आवश्यकतासँग जोड्दै लग्न सकिन्छ ।

जस्तो बचत, बच्चाको शिक्षा, विवाह, निवृत्त जीवनका लागि आवश्यक पैसा, परिवारको वित्तीय सुरक्षा, मृत्युपछि सम्पत्ति हस्तान्तरण, सम्पत्ति हस्तान्तरणमा लाग्ने करको व्यवस्थापन, मृत्यु संस्कारमा लाग्ने खर्चको व्यवस्थापन जस्तो धेरै विषयलाई जोडेर जीवन बीमाको प्रयोग गरि वित्तीय योजना बनाउन सकिन्छ । त्यसैले जीवन बीमा मृत्युपछि धनी बन्न गरिने लगानी हो भन्ने धेरै मानिसको बुझाई भन्दा धेरै फरक रहेको उनको भनाइ छ ।

भट्टराईले यसअघि शेयर मन्त्र, शेयरबाट करोडपति, नेपालको शेयर बजार, शेयरको आधारभूत विश्लेषण, शेयर कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता पुस्तक लेखिसकेका छन् ।

पाठकहरुको रुचि, विचार, सल्लाह र सुझाव नै लेखनको महत्वपूर्ण उर्जा रहेको भट्टराईले बताएका छन् । यस पुस्तकमा २१६ पेज रहेको छ भने यस किताबको मूल्य ३६५ रुपैयाँ राखिएको उनले बताएका छन् । बीमा प्राधिकरणका ऐन, नियम, निर्देशिकाहरुमा ल्याइएका परिवर्तनसँगै पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दै जाने उनले प्रण समेत गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS