IME Life New

बीमा प्राधिकरणको मधेश प्रदेशद्धारा ठोरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले पर्सा जिल्लाको ग्रामिण भुभागमा रहेको ठोरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ रहेका थिए भने अतिथिका रुपमा उक्त गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण लाल श्रेष्ठ रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु, पालिकाका कर्मचारीहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु,पत्रकार तथा महिला समुहका व्यक्तिहरु सहभागि रहेका थिए । उक्त कार्यक्रममा ७५ भन्दा बढिको सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा बीमा र बीमा प्राधिकरणको बारेमा नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण गरेका थिए । साथै उक्त कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बीमकको प्रतिनिधिको तर्फबाट रबी शंकर सराफले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट निखिल कुमार शर्माले आफ्रनो व्यक्त गरेका थिए । कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानाकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानकारी नभएको र यस कार्यक्रमले धेरै किसिमको चेतना भएको र बीमा त हामै्र सुरक्षाको लागि आवश्यक रहेछ र आगामी दिनहरुमा लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरि हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानाकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद प्रदान गरे ।

आगामी दिनहरुमा आफ्ना पशुपन्छीहरुको बीमा गर्ने कुरा राखेका । साथै गाउँपालिकाका कृषि तथा पशु अधिकृतले यस क्षेत्रमा बीमा कम्पनीहरु कुनै पनि नआएको गुनासो गरेका थिए । उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले पर्सा जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने व्यवस्था रहेको कुराको जानाकारी गराएका थिए ।

साथै त्यस कम्पनीलाई कम्तीमा महिनाको एक पटक उक्त पालिकामा पुगेर काम गर्न र बीमाका सम्बन्धमा कृषकहरुलाई जानकारी गराउनका लागि निर्देशन दिएका थिए । दुई हजार चार हजार रुपैयाँ खर्च गरेर लाखौ रुपैयाँको क्षतिबाट सुरक्षा पाउन सकिन्छ भन्ने कुराको जानकारी गराउन सकिन्छ । साथै यो कार्यक्रम मेरो कार्यक्रम हो भन्ने सोच बिचार राखेर सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले कार्य गर्न सकेमा पक्कै पनि आगामी दिनहरुमा पालिकालाई पर्न जाने आर्थिक क्षतिको भारलाई कम गर्न सकिन्छ भन्ने भनाई राखेका थिए ।

बीमा कार्यक्रमलाई कसरी सहयोग गरेर बढि भन्दा बढिलाई व्यक्तिलाई र नीजको सम्पत्तीहरुलाई सुरक्षित गर्न सकिन्छ त्यसका लागि पालिका तयार रहेको र आगामी बर्ष देखि बजेटको व्यवस्था मिलाई बीमा सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने र अहिले पनि कसरी हुन्छ बजेटको व्यवस्था गरि यस पालिकाका व्यक्ति तथा सम्पत्तीको सुरक्षा तथा संरक्षण गर्नका लागि पहल गरिने धारणा राखेका थिए । उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँसम्म वडा वडा सम्म पुग्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माले सरकारले बजेट मार्फत घोषण गरेको एक घर एक बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमा सम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS