Connect IPS
IME Life

हुन्डाइ कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’ यस्ता छन् कम्पनीले प्रदान गर्ने सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ ।

ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैँयासम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्ने कम्पनीले जनाएको छ । यसअघि ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका छन् ।

Prabhu
Crest

‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टि रहेको छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एच एम सि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको निस्शुल्क मर्मत गरिने व्यवस्था छ । यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौँ, हेटौँडा र बुटवल सोरुममा उपलब्ध छन् । ग्राहकले आफुलाई सहज हुने योजना अनुसार लागत भुक्तानी गरि उपकरणहरू खरिद गर्न सक्नेछन् ।

हुन्डाइ कन्स्ट्रक्सन नेपालको हेभि निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनि हो । कम्पनिले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्जाभेटर’ उपकरण निर्माण गर्दछ । हुन्डाइ कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटि, उत्खनन र खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मेन्टको रूपमा रहँदै आएको छ । हुन्डाइ मेसिन, हेभि इक्विप्मेन्ट अपरेटरहरूलाई कार्य सम्पादन गर्न मुख्य भूमिका खेल्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS