IME Life New

अर्थमन्त्रीमा पौडेलको इन्ट्रि सँगै ११६ अंकको सुधार, यस्तो छ बजार बढ्नुको कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको इन्ट्रि सँगै शेयर बजारमा ११६ अंकको सुधार भएको छ । हिजो मात्रै गठन भएको मन्त्रिपरिषदको पहिलो निर्णयमै शेयर बजारको सुधारका विषयमा रहेकाले पनि यति धेरै अंकले बढेको हो ।

मन्त्रीपरिषदको पहिलो बैठकले ‘वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूँजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने ।’  भन्दै पहिलो निर्णय गरेको हो ।

Esewa
Crest

अर्थमन्त्री स्तरको बैठकले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्मको रकम आयात र व्यापारिक क्षेत्रमा लगानी नगरी उत्पादनशील क्षेत्रमा मात्रै परिचालन गर्न पाउने गरी २०७९ पुस मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरिदिएकोमा सो व्यवस्थालाई अर्थमन्त्री स्तरको पुस ८ गतेको निर्णयले यस्तो व्यवस्थालाई आगामी २०८० असार मसान्तसम्मका लागि निरन्तरता दिएको छ ।

यस व्यवस्थाले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको अवस्थालाई केहि सपोर्ट गरेको छ । अर्को तर्फ यहि महिनामा ठुलो रकम कर तथा राजस्व मार्फत सरकारको ढुकुटीमा जादैछ । यसले गर्दा बैंकिङ प्रणालीमा केहि हदसम्म तरलताको दवाव रहन सक्छ ।

तर अर्थमन्त्री विष्णु प्रसाद पौडेल आए सँगै उनको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सँग राम्रो सम्बन्ध छ । यसले गर्दा अधिकारीले यस अगाडीको सरकारलाई जस्तै दुख दिने छैनन् । त्यसमा पनि एमाले क्याडरका अधिकारीले अहिलेका अर्थमन्त्री पौडेलालाई सपोर्ट गर्ने भएकाले पनि महाप्रसाद ह्याङओभर सकिएको हो ।

यस अगाडीका दुई वटै बुलमा अर्थमन्त्री पौडेल नै थिए । यसले गर्दा पनि उनको इन्ट्रि सँगै शेयर बजारमा सुधार देखिएको हो । पौडेलका छोरा आफै ब्रोकर कम्पनीका मालिक हुन् । त्यसैले गर्दा पौडेल शेयर बजार प्रति जहिले पनि सकारात्मक हुने र बजार बढाउन के गर्नु पर्छ भन्ने कुरा उनलाई राम्रो सँग थाहा छ ।

अहिले शेयर बजार सुधार हुनुमा कुनै पनि आर्थिक सूचकमा सुधार भएर होइन । केवल अर्थमन्त्रीमा भएको परिवर्तन मात्रै हो । तर बैंक व्याजदर तरलता अभावका विषयमा अहिलेसम्म पनि कुनै संबोधन भएको छैन ।

सबैले बजार बढ्छ बढ्छ भन्दै गर्दा बजारमा माग ह्वात्तै बढ्छ । शेयर बजारको सामान्य सिद्धान्त माग बढ्ने वित्तीकै बजारमा सुधार भइहाल्छ । हिजो ५६.८६ अंकले बढेको नेप्से सूचक आज पनि ५९.८७ अंकले बढेको छ ।

सूचकमा सुधार सँगै धेरै लामो समय पछि तीन अर्ब ८८ करोडको कारोबार भएको छ । मंगलबार २०२ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सम्पुर्ण सूचकमा सुधार आउदा लगानीको सूचक ६.४३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

2%
sad

दु :खी

4%
amazed

अचम्मित

9%
excited

उत्साहित

3%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS