IME Life New

दाबी भुक्तानी ह्वात्तै बढ्दा भारतीय निर्जीवन बीमककाे अन्डरराइटिङ घाटा भारु ३‍‍ खर्ब नाघ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । कोभिड-१९ को कारण आकाशिएकाे उच्च दाबी भुक्तानीका कारण भारतीय निर्जीवन र स्वास्थ्य बीमकको जाेखिमा‌ंकन (अन्डरराइटिङ) घाटा आव २१।२२ मा ३१,८१० करोड भारतीय रुपैयाँ पुगेको छ । याे रकम अघिल्लाे आवकाे तुलनामा घाटा ५९ प्रतिशतले वृद्धि भएकाे हाे।

निर्जीवन बीमा क्षेत्रकाे खर्च दाबी अनुपात (कुल बीमाशुल्क आम्दानीमा कुल दाबी भुक्तानी) अघिल्लाे आर्थिक वर्षको सोही अवधिमा ८१.०६ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०२१-२२ मा ८९.०८ प्रतिशत रहेको उद्योगको नियामक भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको वार्षिक प्रतिवेदन २०२१-२२ को तथ्यांकले देखाएको छ।

Esewa
Crest

निर्जीवन बीमककाे खुद दाबी भुक्तानी अघिल्लाे वर्षको सोही अवधिकाे ११ खर्ब २ अर्ब भारुकाे तुलनामा गत वर्षको सोही अवधिमा करिब २६ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब भारु थियो। निर्जीवन र स्वास्थ्य बीमककाे स्वास्थ्य बीमा व्यवसाय अन्तर्गतको शुद्ध दाबी आव २१।२०२२ मा लगभग ५६ प्रतिशतले बढेर ६ खर्ब ३३ अर्ब६१ करोड भारु पुगेकाे थियो।

खुद दाबी भुक्तानी भनेको बीमाकले निर्धारण गरेकाे दाबी रकम र उनीहरूले पूनर्बीमा समर्थनबाट प्राप्त गरेकाे दाबी रकम बीचको भिन्नता हो।

सरकारी स्वामित्वका बीमा कम्पनीकाे दाबी भुक्तानी अनुपात १०३.१७ प्रतिशतले बढ्याे, निजी बीमककाे यो अनुपात ७८ प्रतिशतमा वृद्धि भएकाे थियाे । स्वास्थ्य बीमककाे दाबी भुक्तानी अनुपात ९२.५ प्रतिशत थियो।

नाफाको दृष्टिकोणले हेर्दा निर्जीवन तथा स्वास्थ्य बीमककाे खुद नाफा आर्थिक वर्ष २०२१/२२ मा ३,८५३ करोड भारुको तुलनामा २,८५७ करोड भारु थियो । निर्जीवन बीमककाे लगानी आम्दानी आव २१।२०२२ मा ९.४२ प्रतिशतले बढेर ३२,५४६ करोड रुपैयाँ पुगेको छ, जसले उद्योगको शुद्ध घाटा लगभग २,९०० करोड भारुमा सीमित गर्न सफल भएको छ।

सरकारी स्वामित्वका निर्जीवन बीमकमध्ये न्यू इण्डिया एस्याेरेन्सबाहेक अन्य तीन, युनाइटेड इन्डिया इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी, र ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २१।२०२२ मा ६,९२६ करोड रुपैयाँ घाटा बेहोरेका छन् । निजी क्षेत्रका २० निर्जीवन बीमकमध्ये, १३ ले खुद नाफा कमाए भने बाँकीले नोक्सानी व्यहाेर्नु पर्याे ।

जीवन बीमा कम्पनीले भुक्तानी गरे भारु‍ ५ खर्ब

जीवन बीमा उद्योगले मृत्यु दाबी, परिपक्वता, आत्मसमर्पण/निकासी, वार्षिकी/पेन्सन र अन्य दाबीहरू समावेश गरी आर्थिक वर्ष २१।२२ मा ५० खर्ब २० खर्ब भारुमा लाभ भुक्तान गरेको छ। यसमध्ये मृत्यु दाबी भुक्तानी  ६ खर्ब ८२ अर्ब १० करोड भारु थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशतले बढी हाे।

यस अवधिमा जीवन बीमा कम्पनीकाे नाफा १०.५ प्रतिशतले घटेको छ। यसमा कर पछिको नाफा ७,७५१ करोड भारु थियाे, जुन अघिल्लो वर्षको सोही अवधिमा ८,६६१ करोड भारु थियो । २०२२ मा सञ्चालनमा रहेका २४ जीवन बीमा कम्पनीमध्ये, १५ ले नाफा कमाए। एलआईसीले नाफामा ३९.३९ प्रतिशतले वृद्धि गरेको रिपोर्ट गरेको छ भने निजी बीमा कम्पनीले आव २०२२ काे नाफामा ३५.६२ प्रतिशतले गिरावट आएको छ।

जीवन बीमा उद्योगको पुँजीगत लाभ र अन्य आम्दानी सहितको लगानी आम्दानी यस अवधिमा १० दशमलव ५८ प्रतिशतले घटेर आर्थिक वर्ष २०७५/७६ मा ४१ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ ।

भारतमा २०२१-२२ मा बीमाको प्रवेश ४.२ प्रतिशत, जीवन बीमा ३.२ प्रतिशत र निर्जीवन १ प्रतिशतमा २०२०-२१ मा जस्तै रह्यो। तर बीमा घनत्व २०२०-२१ मा ७८ अमेरिकी डलरबाट २०२१-२२ मा ९१ डलरमा बढ्यो। बीमा प्रवेशलाई कुल गार्हस्थ उत्पादनमा बीमाशुल्ककाे प्रतिशतकाे रूपमा मापन गरिन्छ। बीमा घनत्वलाई कूल बीमाशुल्ककाे जनसंख्या (प्रति व्यक्ति बीमाशुल्क) को अनुपातको रूपमा गणना गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS