Connect IPS
IME Life

अर्थमन्त्रीमा विष्णु पौडेल आउने भए सँगै हौसिए लगानीकर्ता, एकै दिन ५६.८६ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आउने भए सँगै लगानीकर्ता हौसिएका छन् । पौडेलको ट्र्याक रेकर्डलाई पछ्याउदै लगानीकर्ताको मनोबल उच्च बनेको हो । नेकपा माओवादीले नेपाली कांग्रेस सँगको गठबन्धनलाई तोड्दै नेकपा एमालेको समर्थनमा सरकार बनाएको हो । आजै नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सपथ ग्रहण गर्दै छन् । उनलाई हिजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरिसकेकी छिन् ।

आजै प्रधानमन्त्री प्रचण्ड सँगै नेकपा एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधान सहित अर्थमन्त्रीको रुपमा सपथ ग्रहण गर्दै छन् । यस भन्दा अगाडी दुई पटक अर्थमन्त्री भइसकेका पौडेलको कार्यकालमै शेयर बजारले अधिकतम विन्दु कायम गरेको थियो । उनको अहिलेको कार्यकालमा पनि शेयर बजारले नयाँ रेकर्ड बनाउने लगानीकर्ताको अपेक्षा छ ।

Prabhu
Crest

पौडेल अर्थमन्त्री हुने चर्चा सँगै आज कारोबारको सुरुवाति अवस्था देखिनै सुधार हुन थालेको थियो । सोमबार ५६ दशमलब ८६ अंकले सुधार हुँदा २ अर्ब ९ करोडको कारोबार भएको छ । १० वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । २०३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा जम्मा ४ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS