Connect IPS
IME Life

आजदेखि टाटाले शुरु गर्यो १२ वटा ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्प

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।

त्यसैगरी , बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , सर्रा, धनगढी , नेपालगंजमा रहेका छन्।

Prabhu
Crest

यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी , सिप्रदी ट्रेडिंगका सीईओ राजन बाबु श्रेष्ठ , टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए ।

समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीहरुलाई टाटा मोटरसका रिजनल कस्टमर केयर (दक्षिण एसिया) मेनेजर रंधिर कुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए ।

यस तीन दिने क्याम्पमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिदैछ । यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्नेछन् ।

म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक(अप , ब्याट्री र इलेक्ट्रिकल चेक(अपको सुविधा पनि निः शुल्क प्रदान गरिदैछ ।

यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु ।४ हजार नगद फिर्ताको पनि व्यवस्था छ। हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना भईरहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS