IME Life New

इष्टर्न हाइड्रोपावरले आव्हान गर्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिमा एक जना महिला अनिवार्य रहने गरी नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले गत असोजमा सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो । कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल जेठ २७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS