काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ बन्ने सरकारको प्रधानमन्त्री बनाउने निर्णय भएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहित ७ दलले समर्थन गरेका छन् ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टील सहमति जनाएका हुन् । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् । यी सबै पार्टीबाट कुल १६६ साँसद पदको संख्या हुन आउँछ । उक्त निर्णयसँगै प्रचण्डलो साँढे दुई वर्षका लागि प्रधानमन्त्रीको रुपमा काम गर्ने छन् ।
सहमति पश्चात बालकोटको बार्दलीबाट अभिबादन गरेका प्रचण्ड र एमाले अध्यक्ष केपी ओलि सहित समर्थक दलहरु नयाँ सरकार गठनको दाबी गर्न राष्ट्रपति निवास शितल निवास जाँदै छन् ।