Connect IPS
IME Life

सर्वाधिक रुचाईएको भिभो वाई३५ स्मार्टफोन, यस्ता छन् विशेषता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भिभोको एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले केहि समय अघि नेपालमा भिभो वाई३५ सार्वजनिक गरेको थियो जुन वाई सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो । भिभो वाई सिरिज प्रिमियम विशेषताहरू र शक्तिशाली कार्यसम्पादनका लागि प्रसिद्ध छन् र वाई३५ लाई यसको सुलभ मूल्य तथा आकर्षक विशेषताका कारण प्रयोगकर्ताहरुले निकै रुचाइएको जनाएको छ । वाई३५ लाई स्मार्टफोन बजारमा सबैभन्दा उत्कृष्ट उत्पादनहरू मध्ये एक बनाउने शिर्ष कारणहरू यस प्रकार छन्ः

शक्तिशाली प्रदर्शन
भिभो वाई३५ नवीनतम अक्टा–कोर स्न्यापड्रेगन ६८० द्वारा संचालित छ जुन २.४ गिगाहर्ज घडिको गतिमा चल्छ । यसले ठूला एप्लिकेसनहरू निर्बोध रुपमा कार्य गर्न मद्दत गर्दछ । यो ८जीबी+८जीबी विस्तारित र्यामको साथमा आउँछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो मनपर्ने एपहरू सजिलैसँग चलाउन, डाउनलोड गर्न र एकबाट अर्कोमा स्विच गर्न अनुमति दिन्छ । यसमा १२८जीबी रोम रहेको छ जसलाई १ टिबीसम्म विस्तार गर्न सकिन्छ ।

Prabhu
Crest

शक्तिशाली ब्याट्री
भिभो वाई३५ मा ५०००एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जसले ब्याट्री नटिक्ने साझा चिन्तालाई कम गर्दछ । यसको एआई पावर–सेभिङ टेक्नोलोजीका कारण एक पटक पूर्ण चार्ज गरेपछि २ दिनसम्म, अनलाइन एचडी भिडियो स्ट्रिमिङ गर्दा १४.३ घण्टा र ग्राफिक्स–इन्टेन्सिभ खेलहरूका लागि ७.०५ घण्टासम्म समर्थन गर्न सक्छ । रिभर्स चार्जिङ सुविधाले तपाईं बाहिर हुँदा अन्य उपकरणहरु पनि चार्ज गर्न सक्नुहुन्छ । फोनमा ४४ वाट फ्ल्यासचार्ज रहेको छ जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा रिचार्ज गर्न अनुमति दिन्छ ।

उत्कृष्ट क्यामेरा विशेषताहरू
वाई३५ मा शानदार ५०एमपी ट्रिपल रियर क्यामेरा छ जसले स्पष्ट र सुन्दर तस्वीरहरू लिन मद्दत गर्दछ । यसमा धेरै नवीनतम र फ्ल्यागशिप क्यामेरा विशेषताहरू छन् जसले प्रयोगकर्ताहरूको लागि समग्र इमेजिङ र भिडियोग्राफी अनुभवलाई सुधार गर्दछ । वाई३५ को भिडियो फेस ब्यूटी बोकेह क्यामेरा, मल्टी–स्टाईल पोर्टेट सुविधाहरूले प्रत्येक फ्रेमलाई बढाउँछ । दुबै अगाडि र पछाडिको क्यामेरामा सुपर नाइट मोडले कम प्रकाशमा पनि सुन्दर रात्रि दृश्यहरू खिच्न बहु–फ्रेम डिनोइजिङ प्रयोग गर्दछ ।

आकर्षक डिजाइन
वाई३५ मा प्रभावशाली प्रदर्शन र उत्कृष्ट क्यामेरा बाहेक यसको लुक पनि उत्तिकै आकर्षक छ । यसमा फ्ल्याट फ्रेम र २.५डी कर्भेचर छ । यसमा फ्रोस्टेड एन्टि–ग्लेयर (एजी) सतह रहेको छ जसले फोनलाई स्क्र्याच– र फिंगरप्रिन्ट–प्रतिरोधी बनाउँछ र सुरुचिपूर्ण अनुभव प्रदान गर्दछ । साइड फिंगरप्रिन्ट डिजाइनले पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर स्मार्टफोनहरूलाई अझ मनमोहक बनाएको छ । यसमा फेस वेक सुविधा पनि छ । यो उपकरण एगेट ब्ल्याक र डन गोल्ड कलर भेरियन्टमा आउँछ जसले तपाईंको दैनिक जीवनलाई थप स्पार्क दिन्छ । यसको मुल्य नेपालमा रु ३०,९९९ मात्र रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

80%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS