IME Life New

जुम्लामा प्राधिकरणको जनचेतानमुक कार्यक्रम सम्पन्न, कर्मचारीले नै बीमितको पैसा दुरुपयोग गरेको गुनासो  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले जुम्ला जिल्लामा बीमा क्षेत्रका समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणले जुम्ला स्थित जीवन तथा निर्जीवन बीमकका प्रतिनिधि तथा सरोकारवालसँग जिल्ला समन्वय प्रमुखको प्रमुख आथित्यतामा बीमा सम्बन्धी समसामयिक छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।

कर्णाली प्रदेश कार्यालयले हिजो बिहीबार जुम्ला जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा जिल्ला बाणिज्य संघका उपाध्यक्ष गणेश रोक्का, जिल्ला सहकारी संघका अध्यक्ष पदम महत, जिल्ला बचत संघका अध्यक्ष धनजित बुढा, चन्दननाथ सहकारीका अध्यक्ष चन्द्र बहादुर बुढा, निर्जीवन बीमकका प्रतिनिधि ऋषि राम पाण्डे, जीवन बीमकका प्रतिनिधि कर बहादुर शाही सहित ६० जना भन्दा धेरैको उपस्थिति थियो ।

Esewa
Crest

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष आचार्यले बीमा गर्दा जति सहजताका साथ गरिन्छ दाबी पाउने समयमा एकदमै गाह्रो हुने भएकाले बीमा प्रतिको विश्वसनियता गुम्दै गएको बताए । अभिकर्ताहरुले बीमा मात्रै गराउने गरेको भन्दै आचार्यले आरोप लगाएका छन् । उनले भने ‘बीमा कम्पनीका साथिहरुले बीमा गराउनु हुन्छ तर कहिले बीमा शुल्क भुक्तानी गर्नु पर्छ भनेर समेत जानकारी दिनु हुँदैन । यसले गर्दा नविकरण पनि हुँदैन ।’

बीमा कम्पनीहरुमा विगतको तुलनामा केहि सुधार देखिए पनि स्याउखेति बाहेक अन्यको बीमा समेत नभएको प्रमुख अतिथि आचार्यले जानकारी गराएका छन् । निर्जीवन बीमा तर्फ तुलनात्मक रुपमा दाबी भुक्तानीमा धेरै नै समस्या रहेको औल्याएका छन् । उनले भने ‘भौगोलिक विकटताका कारण दाबी भुक्तानी पाउनका लागि धेरै हिडेर जानु पर्छ । हिड्दा हिड्दै पैसा पनि सकिन्छ र अन्तिममा दाबी पनि पाइदैन । यसले गर्दा कम्पनीहरुले धेरै दुखः दिने काम भएको छ ।’ उनले जुम्लाको कृषि उत्पादन ओखर र सिमिको बीमालेखको माग समेत गरेका छन् । बीमा कम्पनीहरुले तुसारोले पुर्याएको क्षतिको दाबी भुक्तानी नदिएको भन्दै यसबाट हुने क्षतिको पनि दाबी पाउनु पर्ने व्यवस्था गरिदिन समेत उनले अनुरोध गरेका छन् ।

केहि बीमा कम्पनीका शाखा कार्यालयहरुले बीमितहरु सँग बीमा शुल्क संकलन गरेर नबुझाएको समेत गुनासो पाइएको छ । बीमा कम्पनीका वर्तमान शाखा प्रवन्धकहरुले नै आफु भन्दा अगाडीका शाखा प्रवन्धकहरुले बीमितहरु सँग बीमा शुल्क संकलन गरेर कम्पनीमा नबुझाएको गुनासो पोखेका छन् । यसरी कम्पनीका शाखा प्रवन्धकले नै बीमितहरु सँग पैसा उठाएर कम्पनीको खातामा दाखिला नगर्दा उनिहरुले दुखोसे पोखेका छन् । बीमा प्राधिकरणका प्रतिनिधिहरुले यसको छानविन गरेर आवस्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेश कार्यालयका प्रमुख तथा उप निर्देशक पदम सोडारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बीमा सम्बन्धी जनचेतनामुलक जानकारी, कानुनी व्यवस्था, बीमाको समग्र जानकारी दिएका थिए ।

प्राधिकरणले बिहीबारै जुम्ला जिल्लाको तिला गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतिलाल रोकाय, उपाध्यक्ष गौरीकला बुढा, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदश्यहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, कृषक, अगुवा किसान लगायतको उपस्थिति थियो । कार्यक्रममा सोडारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चाललन भने प्राधिकरणका सहायक निर्देशक राजेन्द्र महर्जनले गरेका थिए ।

अगुवा किसान भक्त बहादुर रोकायले बाढीबाट बीमा गरिएका गाई गोरुलाई बगाउदा ट्याग समेत बगाउदा बीमा कम्पनीबाट दाबी नपाएको भन्दै गुनासो व्यक्त गरेका थिए । जुम्लामा आगलागीबाट धेरै क्षति हुने गरेको भन्दै कार्यक्रममा सहभागी कृषकहरुले बीमा गर्नु पर्ने रहेछ भन्ने कुराको ज्ञान प्राप्त भएको प्रतिकृया दिएका थिए ।

सिता माबिका प्रधानाध्यापक शिव प्रसाद पाण्डेले जीवन बीमाका लागि विद्यायलकै शिक्षकहरु अभिकर्ता बनेर काम गरिरहेको तर दाबी पाउने समयमा धेरै झण्झट बेहोर्नु परेको भन्दै गुनासो व्यक्त गरेका थिए । अव बीमा क्षेत्रका गुनासोहरु नियामक निकाय प्राधिकरणको प्रादेशिक कार्यालयमा आएरै व्यक्त गर्ने पाण्डले बताए ।

गाउँपालिका जनप्रतिनिधिले कार्यक्रमको सर्हाना गरेका थिए । कार्यक्रममा गाउँपालिको उपाध्यक्ष गौरीकलाले कार्यक्रममा उपस्थितहरुलाई चुरोट खान छाडेर बीमा शुल्क भुक्तानी गर्न आह्वान गरेकी थिइन् । बीमा बुढेसकालको सहारा भएको हुँदा सबैलाई बीमा गर्न आग्रह गरेकी हुन् ।

कतिपय दाबी भुक्तानीका लागि आवस्यक पर्ने प्राविधिक कागजपत्रलाई मात्रै खोजेर दाबी भुक्तानीमा रोक लगाउने भन्दा पनि स्थानीय जनप्रतिनिधिहरुले प्रमाणिकरण गरिदिएका कागजपत्रलाई पनि आधार मानेर दाबी भुक्तानी गरिदिन उपाध्यक्ष बुढाले आग्रह गरेकी छिन् ।

गाउँपालिका अध्यक्ष रोकायाले अहिलेसम्म गाउँ गाउँमा गएर आम नागरिकलाई बचत गर्नु पर्छ भनेर सिकाइएको अवदेखि भने यहि बचतबाट केहि रकम बीमामा पनि छुट्ट्याउन अनुरोध गर्ने बताएका थिए । गाउँपालिकाले घरहरुको बीमा गर्ने भन्दा भन्दै बाढि गएको भन्दै रोकायाले यहि हिजो बीमा गरिएको थियो भने अहिले दाबी पाइन्थ्यो भन्दै पछुतो मानेका थिए । गएको दशै ताका यस क्षेत्रमा ठुलो बाढी जादा धेरै घरहरु बगाएको थियो । बाढीले गाइबस्तु तथा बालिनालीको समेत ठुलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS