IME Life New

नेपाल क्लियरिङ्ग हाउसको ४०% लाभांश प्रस्ताव, साधारण सभा पुस २८ गते आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले पुस २८ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले होटेल क्राउन इम्पेरीयलमा साधारणसभा आयोजना गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३८ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८ / ७९ को प्रतिवेदन पारित गर्ने, लेखा परीक्षण प्रतिवेदन सहितको २०७९ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८ /७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने,बोनश शेयरपछि राउन्ड गर्दा हुन आउने २१,५७,१२२ कित्ता) स्वीकृत गर्ने तथा सोही बमोजिम चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS