काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा कालीमाटी ब्यांक्वेट कालीमाटी, काठमाडौंमा बिहान १० बजे हुने जनाएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।