काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा आज पुस ८ गते हुने भएको छ । सभा अम्रपाली ब्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे शुरु हुने जनाएको छ।
सभाले सञ्चालक समितीले प्रस्ताव गरेको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते एकदिन बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा मंसिर २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।