IME Life New

टेलिकमको शेयरले दोस्रो बजारमा तिब्र उचारचढाव, सूचक सामान्य घट्दा अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूचिकृत कम्पनीले लाभांश घोषणा गर्ने लहर चल्दा शेयर बजारमा भने लगातार गिरावट आइरहेको छ । आज नेपाल टेलिकमको लाभांश घोषणाले दोस्रो बजारमा राम्रै हलचल मच्याएको छ । विगतका दिनमा बोनस शेयरको हल्ला मच्चाएर शेयर खरिद गरेकाले आजै बिक्री गरेका छन् ।

नगद लाभांश घोषणा सँगै लगानीकर्ताले नाफा बुक गर्दा केहि समय टेलिकमको शेयरमा राम्रै गिरावट देखियो । यहि समयमा नेप्से परिसूचक पनि घट्यो । नाफा बुक सँगै घटेको मूल्यमा शेयर खरिद गर्ने हाबी हुँदा अन्तिम समयमा टेलिकमकै शेयर मूल्य ३६ रुपैयाँले बढ्यो जवकी केहि समय अगाडी ५२ रुपैयाँले घटेको यहि अवधिमा नेप्से सुचकै तिव्र उतारचढाव देखियो ।

Esewa
Crest

पुस लागे सँगै शेयर बजारमा सूचिकृत कम्पनीको लाभांश घोषणा र साधारणसभाको मिति तय गर्ने क्रम बढेको छ । तर दोस्रो बजारमा भने खासै रौनक देखिदैन । लगानीकर्ताको मनोबल अझै पनि कमजोर देखिन्छ । बम्पर लाभांश घोषणा भएका कम्पनीको शेयर मूल्यमा पनि राम्रै गिरावट देखिन्छ । घट्दो ट्रेण्डमा लाभांश घोषणा हुँदा खरिद गरिएको शेयरमा बुक क्लोज पछि करेक्सन भएर मूल्य तल्लो विन्दुमा आउने र खरिद गरिएको मूल्य भन्दा धेरै तल झर्ने अवस्थाका कारण पनि लगानीकर्ताको लाभांश घोषणा भएको शेयरमा आकर्षण देखिदैन ।

साताको अन्तिम दिन नेप्से सूचक सून्य दशमलब ०.०१ अंकले मात्रै घटेको छ । सूचकमा तिव्र उतारचढाव हुँदा एक अर्ब ११ करोडको कारोबार भएको छ । बैकिङ, म्युचुअल फण्ड र अन्य सूचकमा सुधार देखिए पनि बाँकी सूचकमा राम्रो गिरावट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS