IME Life New

नेपाल टेलिकमले घोषणा गर्यो लाभांश, साधारण सभा पुस २८ गते आव्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले टेलिकमको बुधबार बसेको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको हो । टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आर्थिक वर्ष २०७८ र ७९ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै टेलिकमले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८ / ७९ को वासलात, नाफार नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तीका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ देखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS