IME Life New

आजसम्म शेयर किन्नेले प्राइम लाइफको १३% बोनश पाउने, यस्तो छ ८ वर्षको लाभांश इतिहास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गर्दैछ । त्यसकारण आज पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले मर्जर र लाभांश प्रस्ताव तथा शेयर संरचना परिवर्तको पारित गर्ने प्रमुख प्रस्ताव सहित पुस २४ गते, अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सभा दिउँसो २ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले वार्षिक प्रतिवेदन,लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, हिसाव नाफा नोक्सान एकिकृत आय ब्यय हिसाव लगायतका अनुसूचिहरु लेखापरीक्षक नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने , कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व परिवर्तन, प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ एक आपसमा मर्जरको सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने, सैदान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन दिने, कम्पनीको प्रबन्धपत्र संशोधन तथा फेरबदल गर्ने लगायतका काम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तो छ कम्पनीको ८ वर्षे लाभांश इतिहास
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १० वर्षसम्म आफ्ना शेयरधनीलाइ १५४ दशमलव २६०५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीको यो ८ वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने नगद लाभांशलाईभन्दा पनि बोनश शेयरलाई बढी प्राथमिकता दिएको देखिएको छ । कम्पनीले ८ वर्षमा वितरण गरेको लाभांशको तथ्याङकलाई हेर्दा १४३ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने ११ दशमलव २६०५ प्रतिशत मात्रै नगद लाभा.श वितरण गरेको छ ।

कम्पनीको ८ वर्षै लाभांश इतिहासलाई नियाल्दा सबैभन्दा धेरै आर्थिक वर्ष २०७२ /७३ मा वितरण गरेको देखिन्छ । उक्त आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । त्यस वर्ष कम्पनीले नगद लाभांश भने वितरण गरेको थिएन् ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०६७ /६८ मा आफ्ना शेयरधनीलाई वितरणयोग्य मुनाफाबाट कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस वर्ष कम्पनीले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनश शेयर वितरण गरेको थिाये भने १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०६८/ ६९ मा आफ्ना शेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस वर्ष कम्पनीले शेयरधनीलाई नगद लाभांश वितरण जगरी १३ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७३ /७४ मा आफ्ना शेयरधनीलाई कायम चुक्ता पूँजीबाट वितरण गर्न मिल्ने नाफाबाट १२ दशमलव ५ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो ० दशमव ६५६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७४ /७५ मा कम्पनीले आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो । यस वर्ष कम्पनीले शेयरधनीलाई नगद लाभांश दिएको थिएन् ।

त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०७५ /७६ मा आफ्नो वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले ७ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ८ प्रतिशत नगद लाभाश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६/ ७७ मा कम्पनीले शेयरधनीलाई कुल १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ० दशमलव ८७ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसैगरी कम्पनीले २०७७ /७८ को नाफाबाट कुल १३ दशमलव ६८४२ प्रतिशत लाभांश दिने भएको छ जसमा १३ प्रतिशत बोनश शेयर रहेको छ भने ० दशमलव ६८४२ प्रतिशत नगद रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS