IME Life New

प्राधिकरणको सुदुर पश्चिम प्रदेश बीमा जनचेतनामुलक कार्यक्रममा सक्रिय, ५ स्थानमा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश धनगढी कार्यालयले बीमा साक्षरता अभिबृद्धिका लागि विभिन्न स्थानीय तहमा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । उक्त कार्यालयले आज डोटी जिल्लाको शिखर नगरपालिकामा बीमा जनचेतनामुल कार्यक्रम सम्पन्न गरेको छ । यसअघि प्राधिकरणले हालसालै सुदुरपश्चिम प्रदेश धनगढीले दिपायल सिलगढी नगरपालिका, साफेबगर नगरपालिका अछाम, बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा बीमा सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको छ ।

शिखर नगरपालिकामा भएको कार्यक्रमको सभापतित्व बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारिले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा शिखर नगरपालिकाका कार्यबाहक नगर प्रमुख दिर्घ बहादुर सिंह, बिशेष अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत परमानन्द शर्मा, नगरका पशुशाखा, कृषि शाखा प्रमुख, जनप्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, कृषि सहकारी सस्थामा आबद्ध महिला तथा कृषक, बीमा कम्पनीका शाखा प्रमुखहरु, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय हरूको ८० भन्दा बढि सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालिले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीहरुले पशु बीमा अन्तरगत बाख्राको दावि भुक्तानी नपाइएको । कम्पनीहरूले बीमा गर्न नमानेको भन्ने गुनासो गरेका थिए । कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरण यश प्रदेशमा स्थापना भएकोमा खुशि व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा शिखर नगरपालिकाको कार्यबाहक नगर प्रमुख दिर्घ बहादुर सिंहले बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम लिएर आई धेरै कुरा जनाकारी दिएकोमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए। साथै नगरपालिकाबाट यहाँका कृषक तथा नगर बासिहरुलाई बीमामा समेट्न आफुले पहल गर्ने कुरा राख्दै यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस नगरपािलकामा राख्न अनुरोध गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए । साथै, प्रदेश प्रमुख ओम बहादुर अधिकारिले स्थानीय तहबाट नगरपालिकाले समेत कृषकहरूको कृषि बीमा गर्दा थप सहुलियत प्रदान गरि कृषि पेशालाई थप आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउन र सरकारी सम्पत्ति तथा आम नगरबासिको घर लगायत अन्य सम्पत्तिहरु तथा सरकारी भवन, मठ मन्दिर, स्कुल, विद्यार्थी ,शिक्षकहरुको अनिवार्य बीमा गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए ।

यसैगरी उनले न्यून आय भएका तथा पिछडिएका वर्गलाई बिमामा समेट्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढीमा लघुबीमा कम्पनी स्थापना गर्न लागिएको कुरा पनि बताएका थिए । अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने शिखर नगरपालिका, बीमा कम्पनी, सुरक्षा निकाय, मेरा टिम लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS