IME Life New

बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेशले सम्पन्न गर्यो जनचेतनामुलुक अन्तरक्रिया तथा छलफल कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेशले साफेबगर नगरपालिका अछाममा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालयका प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा निमित्त प्रमुख मकर कुवँर, प्रमुख प्रशासकिअधिकृत, पुष्प बुडा, जनप्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, कृषि सहकारि सस्थामा आबद्ध महिला तथा कृषक, बीमा कम्पनीका शाखा प्रमुखहरु, पत्रकारहरु लगायत स्थानीय हरूको ८० भन्दा बढि सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालिले सञ्चालन गरेका थिए भने कार्यालयका कर्मचारी खेमराज जोशिले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले कोरोना बिमाको दावि भुक्तानी नपाइएको, बालिहरु जङ्गलि जनावरहरुबाट हुने हानि नोक्सानिको पनि क्षतिपूर्ति पाउनु पर्ने माग गरेका थिए । खाद्यान्न बालिहरु धान, मकै, गहुँ आदिको बिमा हुने व्यवस्था मिलाउनको लागि माग गरेका थिए । स्वास्थ्य बीमालाई पनि नेपाल बीमा प्राधिकरण मातहतमा ल्याइ सेवा दिनको लागि माग गरेका छन् ।

अदुवा व्यवसायिहरुले आफुले उत्पादन गरेको अदुवालाई बजार व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिएकोमा गुनासो गरेका थिए । कम्पनहरूले बीमा दावि भुक्तानी गर्दा क्षति भन्दा कम रकम दिएको र कुनैलाई क्षति भन्दा बढि रकम दिएको भन्ने गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमा प्राधिकरणले बीमालाई सहजरूपमा स्थानीय स्तरमा पुर्‍याउन र छिटो दाबि भुक्तानीका लागि सहजिकरण गरिदिनुपर्ने कुरा राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए भने बीमा कम्पनीबाट उक्त जिल्ला हेर्ने कम्पनी युनाइटेड इन्स्योरेन्सका शाखा प्रमुख प्रेम राज रेग्मीले समेत कृषकका जिज्ञासाको समाधान गर्ने र अबको दिनमा कृषकलाई थप सजिलो गरि बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

उक्त कार्यक्रममा साफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मकर कुँवर तथा जनप्रतिनिधिले नगरपालिकाबाट कृषकहरुलाई बिमामा समेट्न हामी सबै मिलेर पहल गर्ने तथा कृषकहरुले उत्पादन गरेका वस्तुको उचित व्यवस्थापनका लागि आफुहरुले पहल गर्ने कुरा राखेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारिले स्थानीय तहबाट नगरपालिकाले समेत कृषकहरूको कृषि बीमा गर्दा थप सहुलियत प्रदान गरि कृषि पेशालाई थप आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउन र सरकारी सम्पत्ति तथा आम नगरबासिको घर लगायत अन्य सम्पत्तिहरुको अनिवार्य बीमा गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए ।

त्यसैगरी न्यून आय भएका तथा पिछडिएका वर्गलाई बीमामा समेट्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढीमा लघुबीमा कम्पनी स्थापना गर्न लागिएको कुरा पनि बताए । अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने साफेबगर नगरपालिका, बीमा कम्पनी लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS