IME Life New

पुस ९ गतेदेखि रियलमी १० प्रो प्लस फाइभ जी नेपाली बजारमा उपलब्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा उपलब्ध भएको छ । मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कर्भ्ड भिजन डिस्प्लेको कारण पहिलै देखि बजारमा चर्चित छ ।

पुस ९ गते शनिबारदेखि नेपालभरी उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभ जी किन्ने ५० जना भाग्यशाली ग्राहकहरुले रियलमीको तर्फबाट एउटा सफारी ब्याग उपहारको रुपमा प्राप्त गर्नेछन् ।

Esewa
Crest

लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । रियलमी १० प्रो प्लस फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ ।

एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँँ–नयाँँ प्रविधि युक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रो प्लस फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।”

रियलमी १० प्रो प्लस फाइभ जी यो सेग्मेन्टकै पहिलो फोन हो जसमा फ्ल्यागशिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको छ । त्यस्तै यसमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ जुन नेपालकै पहिलो हो । ९३.६५ प्रतिशत स्क्रिन–टु–बडी रेसियो भएको यो फोनको मोटाइ भने जम्मा २ दशमलव ३३ मिमि रहेको छ जसले गर्दा यो फोन अत्यन्तै स्लिम पनि छ । यो रियलमीको कर्भ्ड डिस्प्ले स्मार्टफोनमै सबैभन्दा न्यारो बटम बेजेल पनि हो ।

त्यस्तै गरी यो संसारकै सबैभन्दा पहिलो ओएलइडि डिस्प्ले हो जसले टियुभि रेनल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट पनि पाएको छ । अत्यन्तै आकर्षक हाइपरस्पेस डिजाइन र अल्ट्रा–लाइट बडी भएको यस रियलमी टेन प्रो प्लसको तौल पनि जम्मा १७३ ग्राम रहेको छ जुन अत्यन्तै हलुका हो ।

त्यस्तै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ जुन १७ मिनेटमै ५०५ सम्म चार्ज हुन सक्छ । चिपसेटको कुरा गनुपर्दा यसमा डाइमेन्सिटी १०८० चिपसेट रहेको छ जसमा ६ न्यानोमिटरको हाइ एफिसियन्सी प्रोसेसर र ५,२०,००० बेन्चमार्क रहेको छ ।

त्यस्तै यसमा फ्ल्यागशिप लेभलकै १०८ एमपिको क्यामरा रहेको छ । नोनापिक्सेल टेक्नोलोजी युक्त यी क्यामराहरुले अत्यन्तै क्लियर तस्बिर लिन सक्छन । साथ–साथै यी क्यामराहरुमा सुपर ग्रुप, वान टेक, र स्ट्रिट फोटोग्राफि मोड ३.० जस्ता फिचरहरु छन् जसले वाटरमार्क सहित एकदमै राम्रो तस्बिरहरु लिन सक्छन् ।

आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मुल्य ४५,९९९ रहेको छ भने यसमा स्टोरेज अप्सन ८ जिबिं१२८ जिबि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS